लिभरपुल एफए कपबाट बाहिरियो

२०८१, २८ माघ सोमबार ०८:०४

लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । 

अर्ने स्टलको टोली लिभरपुलले प्लाइमाउथसँग १–० को हार बेहोरेसँगै यो सिजनको एफए कपको यात्रामा पुर्णविराम लगाएको छ ।

होम पार्कमा घरेलु टोली प्लाइमाउथलाई जित दिलाउन रायन हार्डीले गरेको एकमात्रै पर्याप्त बन्यो । उनले ५३औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । यो जितसँगै प्लाइमाउथ एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

लिभरपुल आफ्ना प्रमुख स्टार मोहमद सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिक सहित ९ प्रमुख खेलाडीविना मैदानमा ओर्लिएको थियो ।

आफूभन्दा कमजोर क्लबविरुद्ध प्रशिक्षक स्टलले दोश्रो रोजाईको खेलाडीको परिक्षण गर्दा यो निर्णय उनलाईनै भारी परेको छ । हारपछि प्रशिक्षक स्टलको आलोचना समेत भएको सन्दर्भमा उनले आफूहरू च्याम्पियन्स लिग, लिग कप र प्रिमियर लिगमा केन्द्रित हुने धारणा व्यक्त गरे ।

लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो । २०२३ मा पनि चौथो चरणबाटै बाहिरिएको लिभरपुल २०२४ मा म्यान्चेस्टर युनाइटेडसँग क्‍वाटरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो ।

प्लाइमाउथ इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात् च्याम्पियनसिपको पनि पुछारमा संघर्ष गरिरहेको छ ।

शनिबारै सम्पन्न अन्य खेलहरुमा एस्टन भिल्लाले टोटेनहमलाई २-१ ले हराउँदा उल्भ्सले ब्ल्याकबर्न रोभर्सलाई २-० ले हराएर एफए कपको पाँचौ चरणमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *