रामोस मेक्सिकन क्लबमा अनुबन्ध

२०८१, २५ माघ शुक्रबार १३:५२

रियल मड्रिड र स्पेनका पूर्व डिफेन्डर सर्जियो रामोस मेक्सिकन लिगा एमएक्सको क्लब मोन्टेरी (रायाडोस) मा अनुबन्ध भएका छन् ।

उनी फ्रि ट्रान्सफरमा रायाडोस पुगेका हुन् । बाल्यकालको क्लब सेभिया छाडेयता ३८ बर्षीय रोमोस क्लबबिहिन रहेका थिए ।

रामोसले सेभियामा आफ्नो करियर सुरु गरे तर सन् २००५ मा रियल म्याड्रिड गए र १६ वर्ष बर्नाबेउमा बिताए ।

सन् २०२३ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन छाडेर सेभिया फर्किएका रामोसले २८ स्पेनिस ला लिगा खेलमा तीन गोल गरे । मेक्सिकन लिगा एमएक्स रोमोसले खेल्ने युरोप बाहिरको पहिलो लिग हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *