फेरि फुलहम फर्किए विलियन

२०८१, २५ माघ शुक्रबार १४:१४

ब्राजिलियन विंगर विलियन इ‌ङ्लिस क्लब फुलहम फर्किएका छन् । उनी सिजनको अन्त्यसम्म क्लबमा रहने छन् ।

फुलहमले फ्रि-ट्रान्सफरमा विलियनलाई भित्र्याएको हो । ग्रिस क्लब ओलम्पियाकोस छाडेका यता ३६ बर्षीय विलियन क्लबबिहिन रहेका थिए ।

उनी गत सिजन इ‌ङ्ग्लिस क्लब फुलहमबाट ओलम्पियाकोस पुगेका थिए विलियनले ओलम्पियाकोसका लागि मात्र ६ लिग खेल खेले ।

विलियम्सले चेल्सी, आर्सनल, शाख्तर डोनेस्क जस्ता चर्चित क्लबबाट व्यवसायीक फुटबल खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *