आर्सनललाई हराउँदै न्युक्यासल युनाइटेड इएफएल अर्थात काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा प्रिमियर लिग प्रतिद्वन्दी आर्सनललाई २-० समग्रमा ४–० ले हराउँदै न्युक्यासल युनाइटेड काराबाओ कपको फाइनलमा प्रवेश गरेको हो ।
न्युक्यासलले पहिलो लेगमा पनि आर्सनललाई २-० गोलले नै हराएको थियो । न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा गर्न घरेलु टोलीलाई जित दिलाउन ज्याकोब मर्फे र एन्थोनी गोर्डनले गोल गरे ।
न्युक्यासलले खेलको १९औं मिनेटमा मर्फेको गोलबाट अग्रता लिएको थियो । त्यसपछि खेलको ५२औं मिनेटमा गोर्डनले गोल थप्दा न्युक्यासल २-० ले बिजयी भयो । हारसँगै आर्सनल भने प्रतियोगिताबाट बाहिरिएको छ ।
काराबाओ कप अन्तर्गत आज राती हुने दोस्रो सेमिफाइनल खेलमा लिभरपुल र टोटेनह्याम आमनेसामने हुँँदैछन । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार पौने २ बजेबाट शुरु हुनेछ ।
