रोमालाई हराउँदै एसी मिलान इटालियन कपको सेमिफाइनलमा पुगेको छ ।

बुधबार राति भएको क्वाटरफाइनलमा खेलमा सिरी ‘ए’ प्रतिद्धन्द्धी रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै एसी मिलान सेमिफाइनलमा पुगेको हो ।

एसी मिलानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन ट्यामी अब्राहमले २ र जोआओ फेलिक्सले १ गोल गरे । रोमाका लागि आर्टम डोभ्बिकले गोल फर्काए ।

खेलको १६औं मिनेटमा अब्राहमले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

डोभ्बिकले ५४औं मिनेटमा गोल गर्दै रोमालाई २-१ को स्थितिमा ल्याए । ७१औं मिनेटमा फेलिक्सले गोल गर्दै मिलानलाई ३-१ को सहज जित दिलाए ।

मिलानले सेमिफाइनलमा इन्टर मिलान वा लाजियोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फेलिक्सले मिलानका लागि डेब्यू खेलमै गोल गरे । उनी भर्खरै इङ्लिस क्लब चेल्सीबाट लोनमा मिलान भित्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *