एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलवार राति भएको क्वाटरफाइनल खेलमा गेटाफेलाई ५-० ले पराजित गर्दै एट्लेटिको अन्तिम चारमा प्रवेश गरेको हो ।

एट्लेटिको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन मुख्यप्रशिक्षक डिएगो सिम्योनीका छोरा जुलियानो सिम्योनीले २ गोल गर्दा स्यामुएल लिनो, एन्जेल कोरिया र एलेसान्डर सोरलोथले समान १ गोल गरे ।

सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा ब्यक्तिगत गोल गरे । ४२औं मिनेटमा लिनोले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा नै ३-० को अग्रता लियो।

कोरियाले ७८औं र सोरलोथले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गरेपछि एट्लेटिको ५-० ले बिजयी भयो । एट्लेटिको स्पेनिस ला लिगाको जारी सिजनमा दोस्रो स्थानमा छ ।

कोपा डेल रे अन्तर्गत बुधवार हुने क्वाटरफाइनलमा रियल म्याड्रिड र लेगानेस भिड्ने छन् । बिहीवार रियल सोसिडाड र ओसासुना तथा ३१ पटकको विजेता बार्सिलोना र भ्यालेन्सियाबिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *