स्पेनिस ला लिगामा बार्सिलोनाले आइतबार अलाभेसविरुद्ध १-० को कठिन जित निकालेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि रोबर्ट लेवान्डोस्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो । लेवान्डोस्कीले ६१औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै २२ खेलबाट ४५ अंक जोडेको बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोना शीर्षस्थानको रियल मड्रिडभन्दा मात्र चार अंकले पछाडि छ ।
शीर्ष स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ४९ र दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ४८ अंक छ । पराजित अलाभेस २२ खेलबाट २१ अंकका साथन रेलिगेशन क्षेत्रमा छ ।
