साविक विजेता टोली ललितपुर सिटी एफसीले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) का लागि इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । 

ग्रेसन युइएफए प्रो लाइसेन्स प्रशिक्षक हुन् । प्रशिक्षकका रूपमा साइमनले लिड्स युनाइटेड, हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा बढुवा गराएका थिए ।

ग्रेसनले पछिल्लो पटक छिमेकी भारतमा इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो ।

सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।

एनएसएलको तेस्रो संस्करण चैत १६ गतेदेखि सुरु हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *