ब्राजिलियन सुरपस्टार नेयमार जुनियर आफ्नै बाल्यकाल क्लब सान्तोष फर्किएका छन् । सान्तोषबाटै आफ्नो व्यवसायिक फुटबल करिअर सुरु गरेका ३२ वर्षीय नेयमार १२ वर्षपछि सान्तोष फर्किएका हुन् ।
नेयमार साउदी क्लब अल हिलालबाट सान्तोष गएका हुन् । नेयमारले सान्तोषबीच औपचारिक सम्झौता गरेका छन् ।
समर ट्रान्सफर विन्डोको समय सकिनै लाग्दा सान्तोष नेयमारलाई फर्काउन सफल भएको हो । समाचार अनुसार सान्तोषले नेयमारसँग ६ महिलानाको मात्र सम्झौता गरेका छन् । उनको सम्झौता जुन ३० सम्म रहने छ ।
२०२३ मा फ्रेन्च क्लब पिएसजीबाट अल हिलाल पुगेका नेयमारले त्यहाँ उनले २ वर्षको सम्झौता गरेका थिए । चोटका कारण अधिकांश समय मैदान बाहिरै रहेपछि अल हिलाल नेयमारलाई छाड्न तयार भएको हो । उनको सम्झौता अवधि अझै ६ महिना बाँकी नै छ । त्यहाँ उनले ७ खेल खेल्दै १ गोल मात्र गरेका छन् ।
नेयमार २०१२मा सान्तोषबाट बार्सिलोना आएका थिए । त्यहाँ मेसी र सुआरेजको छायाँमा परेपछि उनी सन् २०१७मा बार्सिलोना छाड्दै पिएसजी पुगेका थिए ।
