विराटनगर । विराटनगर महानगरस्तरीय यु-१५ प्याब्सन प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा चार स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्याब्सन विराटनगरको आयोजना भएको बुधबारको खेलमा डिपिएस, बिकेभिएम, ग्यालेक्सी र बुढानिलकण्ठ स्कुल विजयी भएर सेमिफाइनलमा पुगेको हो ।
डिपिस स्कुलको खेलमैदानमा भएको खेलमा गोदावरी स्कुललाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै डिपिएस स्कुल सेमिफाइनलमा पुगेको हो । त्यस्तै मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ४-३ गोलले हराउँदै बिकेभिएम स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगर जुटमिलको खेल मैदानमा भएको खेलमा ग्यालेक्सी स्कुलले अपर्ण स्कुललाई टाइब्रेकरमा ५-३ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो । अर्को खेलमा बुढानिलकण्ठ स्कुलले अरनीको स्कुललाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुग्यो ।
बिहीबार सेमिफाइनल खेलहरु हुने प्रतियोगिताको संयोजक दिनेश ढुङगना जानकारी दिए ।
माघ १७ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका २४ वटा विद्यालयले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।
