केपी ओली कप : फागुन ११ गते देखि

२०८१, १६ माघ बुधबार १९:१३

काठमाडौं । तेस्रो संस्करणको ‘केपी ओली कप’ आगामी फागुन ११ गते देखि १९ गतेसमम्म आयोजना हुने भएको छ ।

नेपाल राष्ट्रिय युवा संघले बुधबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ११ गते देखि १९ गतेसमम्म ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतियोगितामा ‘ए’ डिभिजनका तथा विदेशीहरु गरी १० वटा टीमहरु सहभागि हुने छन् । फागुन ११ गते उद्घाटन भई फागुन १९ गते फाईनल हुनेछ ।

प्रतियोगिताको क्वाटर फाइनलसम्मका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछन् भने सेमीफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ रुपैंया, उपविजेताले पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *