रानीवन स्पोर्ट्स क्लबलाई पराजित गर्दै बागमती यूथ क्लबलाई शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स शुक्रबार सम्पन्न खेलमा बागमतीले रानीवनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

बागमतीको जितमा दीपेश राईले २ गोल गरे। यस्तै, सृर्जनराज गौतमको नाममा १ गोल रह्यो। रानीवनका विष्णु चौधरीले १ गोल फर्काए।

दीपेशले खेलको ४८औं मिनेटमा गोल गर्दै बागमतीलाई शुरूआती अग्रता दिलाएका थिए। ८० औं मिनेटमा उनले नै बागमतीको अग्रता दोब्बर बनाए।

८३औं मिनेटमा विष्णुले गोल गर्दै रानीवनलाई २-१ को स्थितिमा ल्याए। तर, दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा सृजनराजले गोल गर्दै बागमतीलाई ३-१ ले जिताए।

जितसँगै बागमतीले ७ खेलबाट १६ अंक जोडेको छ। पराजित रानीवन समान खेलबाट ६ अंक जोड्‌दै १२औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *