काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका ब्याट्सम्यान अनिल कुमार साहलाई शैक्षिक परामर्शदता अष्टिमस ग्लोबलले ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच हस्ताक्षर भएसँगै यो सहकार्य सुरु भएको हो ।

क्रिकेटर साह हालै सम्पन्न नेपाल प्रिमियर लिगको विजेता जनकपुर बोल्ट्सका कप्तान हुन् । उनी सन् २०१८ देखि राष्ट्रिय क्रिकेट टिममा रही अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंशा गरे ।

क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने साहको विश्वास छ ।

अप्टिमस ग्लोबलले अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *