भारतीय फास्ट बलर जसप्रीत बुमराहले आईसीसी टेष्ट क्रिकेटर अफ दि इयरको उपाधि जितेका छन् । फास्ट बलरले बुमराहले ६ वर्षपछि आईसीसी टेष्ट क्रिकेटर अफ दि इयरको उपाधि जित्न सफल भएका हुन् ।

बुमराहले आईसीसी टेष्ट क्रिकेटरको उपाधि जित्ने क्रममा इङ्गल्याण्डका जो रुट, हेरी ब्रुक र श्रीलंकाका कामेन्दु मेन्डिसलाई पछि पारेका थिए । उपाधि जितेसँगै भारतीय क्रिकेट इतिहासमा पहिलो पटक यो उपाधि जित्ने उनी पहिलो फास्ट बलर समेत बन्न सफल भएका छन् ।

सन् २०२४ मा बुमराहले टेष्ट क्रिकेटमा सवैभन्दा बढी ७१ विकेट लिएका थिए । हालै सम्पन्न बोर्डर-गावस्कर ट्रफीमा बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *