काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्‌का नवनियुक्त दुई जना सदस्यलाई राखेपमा स्वागत गरिएको छ । नवनियुक्त सदस्यहरु रन्जना प्रधान र विदुर ढुंगानालाई सदस्य सचिव टंकलाल घिसिङले स्वागत गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आज (सोमबार) नै दुई जनालाई परिषद्‌को बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

स्वागत कार्यक्रमा बोर्ड सदस्यहरु कमल बहादुर भट्टराई, भान बहादुर चन्द, रामचन्द्र श्रेष्ठ, अन्जना श्रेष्ठ तथा विभागीय प्रमुखहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *