मोफसलकै ठूलो मानिने आहा रारा पोखरा गोल्डकपमा ११ टोलीको सहभागिता निश्चित भएको छ ।

सहारा क्लबले पोखराको आयोजनामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म हुने प्रतियोगिताको २४औं संस्करणमा सहभागिताका लागि हालसम्म २ विदेशीसहित ११ टोलीले नाम दर्ता गराएको आयोजक संघका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताको संरक्षकका रुपमा पोखरा उपमहानगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिम श्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउकै निरन्तरता रहने छ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल, थ्री स्टार, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब र नेपाल पुलिस क्लबले सहभागिता जनाउने छन् । आयोजक सहारा क्लब, विभागीय टोली एपिएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिता संचालनबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बाल बालिकाको लागि खर्च गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *