लिग लिडर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा जित हात पारेको छ । शनिबार राती भएको खेलमा फ्रेइबर्गलाई २-१ ले पराजित गरेको हो ।

फ्रेइबर्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाइ जित दिलाउन ह्यारी केन र किम मिन जेले गोल गरे । फ्रेइबर्गका लागि म्याथियस जिन्टरले गोल फर्काए ।

खेलको १५औं मिनेटमा केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा मिन जेले टोलीको अग्रता दोब्बर बनाए ।

जिन्टरले ६८औं मिनेटमा गोल गर्दै फ्रेइबर्गलाई खेलमा फर्काउनले प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

जितसँगै बायर्नले १९ खेलबाट ४८ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पराजित फेइबर्गको भने समान खेलबाट २७ अंकका साथ १०औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *