विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगको क्वालिफायर-२ मा प्रवेश गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई १-० ले गोलले हराउँदै पुलिस क्वालिफायर -२ मा पुगेको हो ।
पुलिसलाई जित दिलाउनका लागि अमृता जैसीले खेलको दोश्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गरिन् ।
अब पुलिसले फाइनल प्रवेश गर्नका लागि क्वालिफायर-१ बाट बाहिरिने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार हुने क्वालिफायर -१ मा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच भिडन्त हुनेछ । त्यसको विजेता फाइनल पुग्ने पहिलो टोली बन्नेछ ।
