कप्तान सन ह्युङ-मिन चम्किदा टोटनहम हटस्पर्सले बिहिबार युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित हासिल गरेको छ ।

होफेनहाइमको घरेलु मैदानमा भएको खेलमा टोटनहमले होफेनहाइमलाई ३-२ ले पराजित गरेको हो । टोटनहमको जितमा सनले दुई तथा जेम्स म्याडिसनले एक गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे ।

खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए । खेलको २२औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए । ६८औं मिनेटमा होफेनहाइमका एन्टोन स्टाचले गोल गरे । ७७औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमको अग्रता बढाए ।

८८औं मिनेटमा होफेनहाइमका डेभिड मोक्वाले गोलमा गर्दै खेलमा फर्कने आशा जीवित राखे । तर, बाँकी समयमा गोल हुननसक्दा टोटनहमले जित निकाल्यो ।

जितसँगै टोटनहम ७ खेलमा १४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । पराजित होफेनहाइम ७ खेलमा ६ अंकका साथ २७औं स्थानमा छ ।

लिगअन्तर्गत बिहिबारै भएको अर्को खेलमा स्पेनिस क्लब रियल सोसिडाडमाथि ३–१ को जित निकाल्दै इटालियन क्लब लाजियो लिग चरणको एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *