सामाजिक र मनोहराले बराबरी खेले

२०८१, २७ बैशाख बिहीबार २०:०८

मनोहरा युनाइटेड यूथ क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा शीर्ष दुईमा उक्लिने मौका गुमाएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बिहीबार सम्पन्न दोस्रो खेलमा सामाजिक युवा क्लबसँग १-१ गोलको बराबरीमा रोकिएसँगै मनोहराले अंक तालिकामा आफ्नो स्थान सुधार गर्ने मौका गुमाएको हो।

बराबरीसँगै खेल ७ खेलेको मनोहरा १३ तेस्रो स्थानमा पुगेको छ। समान अंक भएपनि बागमती यूथ क्लब गोल संख्याको आधारमा अगाडि रहँदै दोस्रो स्थानमा यथावत् छ।

सामाजिकको भने ७ खेलबाट ९ अंक पुगेको छ। सामाजिक सातौं स्थानमा छ। खेलको ६७औं मिनेटमा पुजन चौधरीले गोल गर्दै मनोहरालाई शुरूआती अग्रता दिलाएका थिए। तर, त्यसको एक मिनेटपछि नै बसन्तबहादुर रानाले गोल गर्दै सामाजिकलाई खेलमा फर्काए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *