युइएफए च्याम्पियन्स लिगमा फरवार्ड जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको मड्रिडले रोमाञ्चक जित हात हासिल गरेको छ ।
मंंगलबार राती एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै एट्लेटिकोले बायर लेभरकुसेनलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफको २५औं मिनेटमा पाब्लो बारियोस रिभासले रातो कार्ड खाँदा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा उठाउँदै पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा पेइरो हिनकापाइले गोल गर्दै लेभरकुसेनलाई अग्रता दिलाए ।
दोस्रो हाफको ५२औं मिनेटमा जुलियन अल्भारेजले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । खेलको ७६औं मिनेटमा पिइरो हिनकापिइले दोहोरो पँहलोसँगै रातो कार्ड खाँदा लेभरकुसेन पनि १० खेलाडीमा समेटिन पुग्यो ।
९०औं मिनेटमा अल्भारेजले ब्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई महत्त्वपूर्ण जित दिलाए ।
जितसँगै एट्लेटिकोले ७ खेलबाट १५ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित लेभरकुसेनको समान ७ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ ।
मंंगलबार सम्पन्न अन्य खेलको नतिजा:
मोनाको १-० एस्टन भिल्ला
एटलान्टा ५-० स्टुर्म ग्राज
क्लब ब्रुग ०-० युभेन्टस
क्रभेना ज्भेज्दा २-३ पिएसभी
स्लोभान ब्राटिस्लाभा १-३ भिएफबी स्टटगार्ट
बोलोग्ना २-१ डर्टमण्ड
