मार्कस लियान्द्रोेको ह्याट्रिकमा अल हिलालले साउदी प्रो लिगमा शानदार जित हात पारेको छ । बिहीबार राती भएको खेलमा अल हिलालले अल फतेहविरुद्ध ९-० को सानदार जित दर्ता गरेको हो ।

घरेलु मैदानमा हिलाललाई जित दिलाउन मार्कस लियान्द्रोेले ह्याट्रिक गर्दा कालिडो कोउलीबाली, रेनान लोडी, सर्जी मिलान्कोभिच साभिच, अब्दुल्लाह अल हमदाम र मोल्कोमले समान एक गोल तथा एक गोल भने आत्मघाती उपहारस्वरुप प्राप्त गरेको थियो ।

खेलको २०औं मिनेटमा कौउलीबालीको गोलमार्फत अल हिलालले अग्रता लिएको थियो । ३९औं मिनेटमा लोडीले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा लियान्द्रोले पेनाल्टी मार्फत टोलीका लागि तेस्रो गोल गरे । इन्जुरी समयमै साभिचले गोल गर्दा हिलालको अग्रता ४-० मा पुग्यो ।

लियान्द्रो ५४ र ६५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८९औं मिनेटमा हमदामले हिलालका लागि सातौं गोल गरे । खेलको इन्जुरी समयमा माल्कोमले गोल गर्दा हिलाल ८-० ले अगाडि बढ्यो ।

इन्जुरी समयमै फैसल अब्दुलाहबाट आत्मघाती गोल हुन पुग्दा अल हिलालको अग्रता ९-० मा पुग्यो । इन्जुरी समयमा जियाद मेहल अल जिरीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि अल फतेह १० खेलाडीमा समेटियो ।

जितसँगै १५ खेलमा ४० अंक जोडेको अल हिलाल शीर्षस्थानमा उक्लिएको छ । पराजित अल फतेह समान खेलबाट ६ अंकका साथ पुछारमा छ ।

बिहीबारै सम्पन्न अर्को खेलमा अल इत्तिहादले अल रेदलाई ४-१ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *