प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको अन्तिम टोली घोषणा गरिएको छ । आइतबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा आगामी माघ १ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।
एपिएफको टोली
इन्दु बर्मा (कप्तान), राजमति ऐरी, सरिता मगर, ममता चौधरी, कविता जोशी, विनु बुढामगर, रेखा रावल, रोमा थापा (विकेटकिपर), सवनम राई, करुणा भण्डारी, निशा भट्ट, सुमन विष्ट, नगीता पुन, सन्जु लामा
