दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्री दुवै विधामा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बिहीबार भएको फुल कोर्टका खेलमा एपीएफले कर्णालीलाई ६७–१९, बागमतीले मधेशलाई ४३–५, कोशीले गण्डकीलाई ३३–७ र नेपाल आर्मीले लुम्बिनीलाई ८०–२ अंकले पराजित गरे ।

व्यक्तिगत प्रदर्शनतर्फ एपीएफकी डोमा तामाङले ११, बागमतीकी एलिशा कार्कीले १०, कोशीकी आस्था कुलुङ राईले ९ तथा आर्मीकी नौसिका लिम्बूले सर्वाधिक २४ अंक जोडिन् ।

फुल कोर्टको क्वाटरफाइनलमा एपीएफले गण्डकी, सुदूरपश्चिमले लुम्बिनी, कोशीले नेपाल पुलिस तथा नेपाल आर्मीले बागमतीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, थ्री अन थ्रीतर्फ एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेशलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ र नेपाल पुलिसले लुम्बिनीलाई ५–१ अंकले हराए ।

यस विधाको क्वाटरफाइनलमा नेपाल आर्मी र गण्डकी, बागमती र लुम्बिनी, सुदूरपश्चिम र एपीएफ तथा नेपाल पुलिस र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ । दुवै विधाका क्वाटरफाइनल खेल शुक्रबार हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *