नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) बाहेकका प्रतियोगिताको टिकट बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

क्यानले नेपालमा आयोजना हुने आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको दुई वर्षे विशेष टिकेटिङ अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

बोलपत्रदाताले १० हजार रुपैयाँ दस्तुर तिरेर आउँदो सोमवार नोभेम्बर ३० सम्म मूलपानीमा रहेको क्यानको कार्यालय वा वेबसाइटबाट फराम लिन सक्नेछन् । सिलबन्दी बोलपत्र आउँदो डिसेम्बर १ दिउँसो १२ बजेसम्म कार्यालयमा दर्ता गराइसक्नुपर्ने र त्यही दिन दिउँसो १ बजे खोलिने क्यानले जनाएको छ ।

बोलपत्र पेश गर्दा ९० दिन मान्य अवधि रहने गरी न्यूनतम १४ लाख रुपैयाँको बोलपत्र जमानत बुझाउनुपर्नेछ । यस जमानतको म्याद बोलपत्रको मान्य अवधिभन्दा थप ३० दिन पछिसम्म हुनुपर्ने प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *