आइसीसी लिग २ अन्तर्गतको सिरिजको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ । ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो ।

महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो । लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब बडेको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रनको पारी खेले पछि टोलिको हार टार्न सकेनन् । त्यस्तै दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए भने गुल्सन झा र इशान पाण्डेले समान २१ रन बनाए । आशिफ शेख २० रनमा आउट हुँदा रोहित पौडेलले १८ रनको पारी खेले ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रनको योगफल तयार पारेको थियो ।

क्यानडाका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले । उनले १०५ रनको पारी खेले । त्यस्तै आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे ।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *