काठमाडौं । काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा भइरहकाे चौथो प्रयागराज सिं सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता अन्तर्गत शुक्रबार भएकाे खेलमा कामपा २० वडा, १६ , १२ र २६ वडा विजयी भएका छन् ।
आजकाे पहिलाे खेलमा २० वडाले २८ वडालाइ ३-१ गाेलले पराजित गरे । २० वडाका लागि म्यान अफ द म्याच भएका वबिन श्रेष्ठले २ र अभिषेक गजुरेलले १ गाेल गरे । २८ का लागि उदेश खड्गीले १ गाेल गरे ।
शुक्रबार भएकाे दाेस्राे खेलमा १६ वडाले १८ वडालाई २-० गाेलले पराजित गरे । १६ वडाका लागि प्रिन्स निराैला र दयुस कुँवरले १-१ गाेल गरे भने म्यान अफ दि म्याच १६ वडाका राजिव लाेप्चन भए । तेस्रो खेल भने १४ र १२ वडाबिच १-१ काे बराबरी भएपछि खेल पेनाल्टिमा गएकाे थियाे । पेनाल्टी सुटआउटमा १२ वडा २-१ गाेलले विजयी भए । यस खेलमा विपिन थापामगर म्यान अफ दि म्याच भए । अन्तिम खेलमा २६ वडाले १ वडालाई ३-१ गाेलले पराजित गरे । २६ वडाका लागि अनुक मसल, प्रशान्त रजक र साैरभ थापाले १-१ गाेल गरे । १ वडाका लागि दिपु मानन्धरले गाेल गरे । यस खेलमा प्रशान्त रजक म्यान अफ द म्याच भएका थिए ।
