काठमान्डु गोर्खाजले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरको रुपमा सम्झौता गरेको छ ।
सम्झौतामा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र क्लाउड एजुकेसन ग्रुप प्रालीका निर्देशक आयुष गौतमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुरुप काठमान्डु गोर्खाजको आधिकारिक जर्सीको नन लिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो हुनेछ ।
काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सम्झौतापछि भने, ‘क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजलाई अफिसियल अब्रोड स्टडी पार्टनरको रुपमा काठमान्डु गोर्खाज परिवारमा स्वागत गर्न पाउदा हामी अत्यन्तै खुशी छौं । जसरी हाम्रो टोलीले मैदानमा युवा खेल तथा प्रतिभाहरुलाई सशक्त बनाउन काम गर्छ, त्यसरी नै क्लाउड एजुकेसनले नेपाली युवाहरुलाई विश्व स्त्तरीय अन्तर्राष्ट्रिय शिक्षाको सही मार्ग दर्शन दिएर सशक्त बनाउदैं आएको छ ।
जर्सीको नन लिडिङ आर्ममा उहाँहरुको उपस्थिति रहनुले महत्वकांक्षा, युवा सशक्तिकरण र अन्तर्राष्ट्रिय सफलताको हाम्रो सोचलाई दर्शाउँछ ।’ शैक्षिक तथा भिसा परामर्शदाता संस्था क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजले अस्ट्रेलिया लगायत विश्वका प्रमुख अध्ययन गन्त्वयहरुका शीर्ष विश्वविधालय तथा कलेजहरुमा नेपाली विधार्थीका लागि उच्च शिक्षा हासिल गर्न सहज र मार्ग निर्देशन प्रदान गर्दै आएको जनाएको छ ।
क्लाउड एजुकेसन ग्रुप प्रालीका निर्देशक आयुष गौतमले नेपालमा क्रिकेट खेलमात्र नभएर ठुला सपना देख्न प्रेरित गर्ने एउटा भावना भएको र काठमान्डु गोर्खाजस“ग सहकार्य गरेर देशभरका विधार्थी र प्रशंसकहरुसँग जोडिन चाहेको जनाए ।
