मोरङ ग्रामथानको नवआरम्भ नेपालको आयोजनामा जारी प्रथम यु-१५ इन्टर स्कुल फुटबल प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो दिनका दुई खेल सम्पन्न भएका छन् ।

सोमबार ग्रामथान-१ लखन्तरीस्थित नडियाटोकको खेलमैदानमा भएको पहिलो खेलमा बिरेन्द्र मावि, लखन्तरीले महेन्द्र मावि, मोतिपुरलाई ५-० ले पराजित गर्यो ।

बिरेन्द्र माविको जितमा सिमोस मगरले तीन गोलसहित ह्याट्रिक प्रहार गरे भने शिवा मण्डलले दुई गोल थपे । खेलको म्यान अफ दि म्याच शिवा मण्डल घोषित भए ।

त्य्सैगरी, सोमबार सम्पन्न दोस्रो खेलमा सरस्वती मावि, झोरहाटले आदर्श आधारभुत बिधालय, विराटनगरलाई ३-० ले हरायो । हारका बाबजुद खेलमा उत्कृष्ट प्रदर्शन गरेका आदर्श आधारभुत बिधालयका सन्तोष माझी म्यान अफ दि चुनिए ।

प्रतियोगिता अन्तर्गत भोलि मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल पब्लिक मावि, नेताचौक र बिरेन्द्र मावि, पिडारबनीबीच दिउँसो २:३० बजे तथा दोस्रो खेल गोदावरी स्कुल, विराटनगर र हरैँचा मोडल स्कुल, हरैँचाबीच दिउँसो ४ बजे हुनेछ ।

प्रतियोगितामा मोरङका विभिन्न १२ विद्यालयहरूको सहभागिता रहेको आयोजक नवआरम्भ नेपालका अध्यक्ष प्रमोद राना मगरले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भदौ २७ गते आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *