सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० स्थित प्रकाशपुरमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता ‘प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप-२०८३’ आयोजना हुने भएको छ।
प्रकाशपुर युवा जमातको आयोजनामा प्रकाश मा.वि. को खेल मैदानमा विजया दशमीको पावन अवसर पारेर आगामी असोज २३ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
संस्थाका दिवंगत संस्थापक अध्यक्ष प्रदीप राई (वेद कुमार) को स्मृतिमा आयोजना गर्न लागिएको यस प्रतियोगितामा कुल ८ वटा उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ ।
नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा क्वाटरफाइनल, सेमिफाइनल र फाइनल गरी जम्मा ७ वटा खेलहरू हुनेछन् ।
प्रतियोगितामा विजेता तथा उपविजेताका साथै उत्कृष्ट खेलाडीहरूका लागि आकर्षक नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको संस्था सचीव रमेश कार्कीले बताए ।
जसमा प्रथम पुरस्कार २ लाख २२ हजार २ सय २२ रुपैयाँ र दोस्रो पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको कार्कीले बताए । जसमा सर्वाधिक गोलकर्ता २५ हजार बेस्ट गोलकिपर २० हजार बेस्ट डिफेन्डर २० हजार म्यान अफ द म्याच ५ हजार रहेको कार्कीले पत्रकार सम्मेलन गरि जानकारी गराएका थिए ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशि मात्रै ४,लाख ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ भने समग्र प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु. ४९ लाख २० हजार ३ सय ५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
संस्थाका अध्यक्ष मनिष मगरका अनुसार प्राविधिक सहयोगी निकाय प्रकाशपुर फुटबल क्लबको संयोजकत्वमा प्रतियोगिताको तीव्र तयारी भइरहेको बताइएको छ ।
