नेपाल भलिबल लिग (एनभीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई पराजित गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा कर्णाली शिवराजले मधेश वरियर्सलाई २५–२०,२५–२०, २१–२५ र २५–१९ले पराजित गरेको हो ।
मधेसलाई पराजित गर्दै कर्णालीले प्लेअफ खेल्ने भएको छ । कर्णाली शिवराजले प्लेअफमा काठमाडौं रेड्ससँग खेल्नेछ ।
यी दुवै टोली मध्ये विजयी टोलीले फाइनलमा अन्नपूर्ण स्पाइकर किङसँग खेल्नेछ ।
कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई पराजित गरेको थियो दोस्रो खेलमा खप्तड फालकन्सलाई र तेस्रो खेलमा सगरमाथा स्पेसलाई पराजित गरेको थियो चौथो खेलमा भने काठमाडौं रेड्ससँग पराजित भएको थियो ।
मधेशले प्रतियोगितामा एक मात्र जित हात पार्यो । मधेशले लगातार ३ हारपछि चौथो खेलमा खप्तड फालकन्सलाई पराजित गरेको थियो । पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग , दोस्रो खेलमा काठमाडौं रेड्ससँग र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग मधेस पराजित भएको थियो ।
आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ ले हराएको थियो । आजको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कन्ससँग खेल्ने छ ।
जारी प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोबिन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टिम फाइनलमा प्रवेश गर्नेछ ।
दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् । नेपाल भलिबल लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ ।
विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल भदौ २८ मा हुनेछ ।
