काठमाडौं । डिएभी ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा डिएभीले पाठशालालाई २–० गोलले पराजित गर्यो । सुदिप बुढाथोकी र विमर्श घिमिरेले गोल गरे । डिएभीसंगै लिटिल एन्जल्स (एलए) र आयोजक ज्ञानोदय पनि सेमिफाइनलमा पुगे । १ टिमको टुंगो लाग्न बाँकी छ ।

गल्र्स फुटबलको सुपर लिगमा एभीएमले इस्टपोललाई १–० को झीनो गोलअन्तरले हरायो । आरोषी शर्माले निर्णायक गोल गरिन् । एभीएम र इस्टपोलसंगै रातो बंगलाको पनि फाइनल पुग्ने सम्भावना कायमै छ ।

ब्वाइज बास्केटबलमा एलए, ज्ञानोदय र एलआरआई सेमिफाइनलमा प्रवेश गरेका छन् । गल्र्स बास्केटबलमा रातो बंगला ‘बी’, एलए र ज्ञानोदयले सेमिफाइनलमा स्थान सुरक्षित गरे । दुवै समूहमा सेमिफाइनल पुग्ने १ टिमको टुंगो लाग्न बाँकी छ ।

स.बल फाउन्डेसनको मुख्य प्रायोजन तथा सफल दुध र चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार र मंगलबार कुनै खेल हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *