काठमाडौं । ग्रिनल्यान्ड स्कुलको आयोजनामा २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा ५९ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जानकारी गराए ।

सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी हुने छन् । सिनियर ब्वाइजलाई ८ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सिनियर ब्वाइजका समूह विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । बाँकी २ विधाका समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छन् ।

प्राचार्य गुरूङले प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै बास्केबटलको विकास र विस्तारमा पनि टेवा पुर्याउने बताए ।

ग्रिनल्यान्डका सह—प्राचार्य बिनोद घिमिरे (बिजी) ले खेलकुद मार्फत विद्यार्थीहरूमा अनुशासन र टिमको भावना जगाउन सके शैक्षिक उन्नय पनि सँगसँगै लैजान सकिने धारणा व्यक्त गरे ।

असोज ३ गतेसम्म हुने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरू भएको हो । २०६२÷६३ सालको जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५÷७६ सालको कोभिडको महामरी समयमा प्रतियोगिता भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *