काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको तयारीका लागि टेबल टेनिस खेलाडी योङगी पौडेल र इभाना थापा थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् ।

उनीहरूले सेप्टेम्बर ४ देखि १५ तारिखसम्म थोनबुरी विश्वविद्यालयमा विशेष प्रशिक्षण लिनेछन् ।

उक्त प्रशिक्षणले आगामी एसियन गेम्सका लागि खेलाडीहरूको तयारी, खेलस्तर र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महजृनले जनाएका छन् ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र कोषाध्यक्ष महर्जनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *