काठमाडाैं । आयोजक ज्ञानोदय बालवाटिकाले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत फुटबलमा बुधबार दोहोरो जित हात पारेको छ । ज्ञानोदय ब्वाइज÷गल्र्स दुवैमा विजयी भयो ।
ब्वाइजमा ज्ञानोदयले एलिक्सर एक्सेल्सियरलाई ३–० गोलले पराजित ग¥यो । ज्ञानोदयका प्रकाश थापाले ह्याट्रिक गरे । गल्र्समा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई १–० गोलले हरायो । विपस्मा बुढाथोकीले निर्णायक गोल गरिन् । गल्र्सकै अर्को खेलमा एभीएमले त्रियोगलाई ५–० को फराकिलो गोलअन्तरले पाखा गायो । आरुषीले ३ तथा उजशाले २ गोल गरे ।
ब्वाइज फुटबलको अन्य खेलमा एलएले डिएभीलाई ६–० गोलले पन्छायो । एलएका दिपेशले २ तथा निश्चल, जिम्मी, रुद्रान्स र रुपमले समान १–१ गोल गरे । मल्पीले राई स्कुलमाथि ३–० को जित दर्ता ग¥यो । मल्पीका सार्थक लम्साल, प्रिन्स हुमागाईं र अविभजय कार्कीले गोल गरे ।
बास्केटबलको गल्र्समा एलएले एलआरआईलाई १६–७ तथा डिएभीले एलिक्सर एकेडेमीलाई १९–११ ले पराजित गरे । एलएकी स्कार्लेट प्रजापतिले ९ तथा डिएभीकी स्मारिका महर्जनले ९ स्कोर गरे । ब्वाइजमा एलआरआईले डिएभीलाई ३१–१६ ले हरायो । एलआरआईकी दिवाङ लामाले १६ अंक जोडिन् ।
