भुटानमा जारी सेन्ट्रल एसिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका भावना डाँगी र सुनिता राईको जोडी फाइनल पुगेको छ ।

आइतबार सम्पन्न सेमिफाइनलमा यो जोडीले भारतका रेवती र श्वेताको जोडीलाई २१–१५, २४–२२ ले निरास बनायो ।

अब उपाधिका लागि यो जोडीले भारतकै पवित्रा र दीपिकाको जोडीसँग प्रतिस्पर्धा गर्नेछ ।

पवित्रा र दीपिकाको जोडीले नेपालका कमला पुन र कोपिला रानाको जोडीलाई २१–१६, २१–२४ ले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यसैगरी, कांस्य पदकका लागि कमला र कोपिलाको जोडीले रेवती र श्वेताको जोडीको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *