एट्लेटिको म्याड्रिडले ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
लिग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले मालागालाई २–० ले पराजित गरेको हो । एट्लेटिकोलाई जित दिलाउन ली काङ–इन र एलेक्स बाएनाले एक-एक गोल गरे ।
खेलको ७०औं मिनेटमा काङ–इनको गाेलमार्फत एट्लेटिकोले अग्रता लिएकाे थियाे । त्यसपछि ८५औं मिनेटमा बाएनाले गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेल शुरु हुनुअघि एट्लेटिकोका विश्वकप विजेता खेलाडीहरू मार्कोस लोरेन्ते, मार्क पुबिल, एलेक्स बाएना र अलेजान्द्रो ग्रिमाल्डोलाई मैदानमा सम्मान गरिएको थियो । उनीहरूलाई समर्थकहरूले ठूलो तालीसहित स्वागत गरेका थिए ।
