इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार राति क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा सम्पन्न खेलमा पाहुँना टोली सिटी ४–१ गोलले विजयी भयो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई तथा रयान चेर्कीले दुई गोल गरे । प्यालेसले भने एक गोल उपहार पाएको थियो । सिटीका जियानलुइजी डोनारुम्माले आत्मघाती गोल गरेका थिए ।

खेलको १७औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा चेर्कीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

यस जितसँगै सिटीले लगातार दुई खेलमा दुई जित निकाल्दै ६ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *