सुनसरीको इटहरीस्थित तरहरामा जारी प्रथम तरहरा कप फुटबल प्रतियोगितामा एपिएफ पकली, सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार इटहरी–२० स्थित बौभासी खेल मैदानमा भएको चौथो क्वार्टरफाइनल खेलमा युनाइटेड क्लब अफ तरहरा (बी), सुनसरीलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै एपिएफले अन्तिम चारमा स्थान बनाएको हो ।

एपिएफको जितमा सन्दीप श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले पहिलो हाफको इन्जुरी समयमा फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता सन्दीप श्रेष्ठ घोषित भए । उनले नगद एक हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताअन्तर्गत बिहिवारको पहिलो सेमिफाइनल खेल पूर्वाञ्चल युनाइटेड, मोरङ र सुभ बिहानी क्लब, रामधुनी, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाइनल असोज २२ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *