तेजस्वी एकेडेमी र महामञ्जुश्रीले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सफलता हात पारेका छन् ।
तेजस्वीले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई २२–१३ ले पराजित गर्यो । तेजस्वीको जितमा सुवर्ण गौतमले १२ अंक योगदान गरे । निरज तामाङको १५ अंक सहयोगमा महामञ्जुश्रीले नेपालयलाई २८–२० ले हरायो ।
जुनियर ब्वाइजमै पिपुल्स एकेडेमीले काठमाडौं भ्यालीलाई २४–१४ तथा ग्रिनफिल्ड ‘ए’ ले नवीन ज्योतिलाई ३०–१५ ले पाखा लगाए । पिपुल्सका सुख गुरुङले १३ तथा ग्रिनफिल्ड ‘ए’ का अजय मगरले १५ स्कोर गरे । सिनियर ब्वाइजमा सेबले काठमाडौं भ्यालीलाई ५७–४९, ग्रिनफिल्ड ‘ए’ ले पिपुल्स एकेडेमीलाई ४६–३४, मार्वलसले स्वर्णिमलाई ५८–३९ र राइजिङ स्टारले न्यु जेनिथलाई ३९–२३ ले पन्छाए । सेबका युविन तामाङले २१, ग्रिनफिल्ड ‘ए’ का रिसन तामाङले १४, मार्वलसका रोशन कुश्वाहले ११ र राइजिङका प्रोहर प्रजापतिले १६ अंक जोडे ।
सिनियर गल्र्समा काठमाडौं भ्यालीले पिपुल्सलाई १८–१६, आर्याले संस्कृतिलाई १७–१६ र स्वर्णिमले ज्ञानोदयलाई १९–१४ ले पराजित गरे । काठमाडौं भ्यालीकी सर्वानी रायमाझीले १२, आर्याकी सुरक्षाले ५ र स्वर्णिमकी हिसी लामाले ११ अंक बटुले ।
