ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सलहेस युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ ।
भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सोमबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले स्तब्ध पार्दै झापा सेमिफाइनलमा पुगेको हो ।
झापाको जितमा आयुस घलानले गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले खेलको पाँचौं मिनेटमा सुमित श्रेष्ठको पासमा जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।
खेलको म्यान अफ दि म्याच विजेता टिम झापाका सुमित श्रेष्ठ । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
झापा ११ को जितसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारवटै टोलीको टुङ्गो लागेको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो ।
अध्यक्ष मादेनका अनुसार पाहुना टोली भारतको जर्जियन युनाइटेड फुटबल क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र सिराहाको सलहेस युथ क्लब यसअघि नै सेमिफाइनल पुगेका थिए ।
अब मंगलबारदेखि सेमिफाइनल चरणको खेल सुरु हुनेछ । सेमिफाइनलको पहिलो खेल जर्जियन युनाइटेड फुटबल क्लब र सलहेस युथ क्लबबिच हुने अध्यक्ष मादेनले जानकारी दिनुभयो ।
लाखेजात्राको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको प्रतियोगिता २०८० सालदेखि ताप्लेजुङ गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ । भदौ १९ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८३ रुपैयाँ र उपविजेताले तीन लाख ५२ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराइने सञ्चालन समितिका कोषध्यक्ष दावा शेर्पाले बताउनुभयो । योसँगै विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाईसमेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
यस्तै भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ । टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
