अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ ।

सिरिजमा नेपालको ए टोली प्रतिस्पर्धा गर्दैछ भने बंगलादेशले यसपटक हाइ पर्फर्मेन्स टोली पठाएको हो । नेपाल यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *