ज्ञानोदय र इबीए क्वाटरफाइनलमा

२०८३, २९ श्रावण शुक्रबार २१:१०

ज्ञानोदय र इडेन ब्रिज एकेडेमी (इबीए) १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ज्ञानोदयले न्यु जेनिथलाई २६–६ ले पराजित गर्यो । ज्ञानोदयको जितमा सुवेक्षा वज्राचार्यले ११ अंक योगदान गरिन् । अनामिका पटेलको ९ अंक सहयोगमा इबीएले संस्कृति इन्टरनेसनल स्कुललाई २०–१९ को साँघुरोअन्तरले हरायो ।

सोही स्पर्धामा काठमाडौं भ्याली, रानीवनले आयोजक ग्रिनफिल्डलाई १६–८ तथा रेडियन्ट पब्लिकले अद्वित्यलाई ३४–६ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । काठमाडौं भ्याली, रानीवनकी जमुना तामाङले ११ तथा रेडियन्ट पब्लिककी प्रीतिका रसाइलीले ९ स्कोर गरे ।

सिनियर ब्वाइजमा मार्वलसले अरुणीलाई ४८–१०, साइन मोडेलले काठमाडौं भ्यालीलाई ४९–३९, संस्कृतिले ज्ञानोदयलाई ५९–५१ र पुष्पसदनले ब्राइट होराइजनलाई ५५–५० ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । मार्वलसका सिनेप शाहीले ७, साइन मोडेलका अमुल्य घिमिरेले १६, संस्कृतिका औलाना श्रेष्ठले २७ र पुष्पसदनका सम्राट लामाले १८ अंक जोडे । इनोभेटिभले हेम्सलाई ४३–३२ ले पन्छायो । इनोभेटिभका कल्याण मगरले ९ अंक जोडे । जुनियर ब्वाइजमा इबीएले पिपुल्स एकेडेमीलाई ३४–२९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । इबीएका प्रसिक श्रेष्ठले १७ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *