काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ ।

सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो । हेराल्डका एकेडेमिक हेड विराज दुलालले ६ खेलाडी र १ प्रशिक्षक गरी ७ जनालाई किट्स हस्तान्तरण गरे ।

असोज ३ देखि १८ गतेसम्म जापानको आइची-नागोयामा हुने २० औं एसियाडमा समान ३–३ पुरुष-महिला खेलाडीको नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र गनन्जय दाहाल तथा महिलामा नविता श्रेष्ठ, इभाना थापा र योङगी पौडेल सहभागी हुँदै छन् । संयोग र योङगी वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।

नौपटककी राष्ट्रिय च्याम्पियन नविताको यो लगातार पाँचौं एसियाड हुनेछ । संयोग, रुविन र इभाना दोश्रोपटक एसियाडमा सहभागी हुँदै छन् । योङगी र गनन्जयको ‘डेब्यु’ एसियाड हो । प्रशिक्षकमा मोहनदास बासुकला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *