प्रजिल भट्टराई र वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । एभीएमकाद्वय प्रजिल पुरुष तथा वियंका महिला खुला सिंगल्समा च्याम्पियन बने ।

पुरुषको फाइनलमा प्रजिलले नेपाल प्रहरीका एलेक्स महर्जनलाई ११–६, ११–८ र ११–८ को सोझो सेटमा पराजित गरे । महिलाको उपाधि भिडन्तमा वियंकाले भोर्टेक्सकी दीक्षा दाहाललाई सीधा सेटमा ११–७, ११–८ र १२–१० ले हराइन् ।

प्रतियोगिताअन्तर्गत स्कुल र कलेज दुवैमा टिम एभीएम च्याम्पियन बन्यो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *