काठमाडौं । ११ औं विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ ।

अगष्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुष ८०–८४ केजीमा दीपक छन्त्याल तथा महिला ४८–५२ केजीमा मेग्मा गुरुङले प्रतिस्पर्धा गर्ने छन् । थाइल्यान्डमा भएको गत संस्करणमा मेग्माले रजत जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।

हाप्किडोको विश्व च्याम्पियनसिप २ वर्षको अन्तरालमा हुने गरेको छ ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिका सदस्य पवन शाहीले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *