स.बल ज्ञान कार्निभल सुरु

२०८३, १५ भाद्र सोमबार १९:११

काठमाडौं । ज्ञानोदय बालवालिकाको आयोजनामा ३२ औं स.बल ज्ञान कार्निभल सोमबारदेखि सुरु भएको छ ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेका कारण प्रतियोगिताको उद्घाटन समान्य ढंगले गरिएको थियो ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । छोटो मन्तब्य दिएका प्रमुख महर्जनले प्रतियोगिता सफलताका लागि शुभकामना दिए ।

ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बाढीका कारण ज्यान गुमाएका सम्पूर्णमा श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।

प्रिन्सिपल याक्थुम्बाले लामो इतिहास बोकेको ज्ञान कार्निभललाई यो उचाईसम्म पुर्याउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद दिइन् । पहिलो दिन बास्केटबलतर्फ ब्वाइजमा २ र गल्र्समा १ खेल भए ।

गल्र्स फुटबलमा १ खेल सम्पन्न भयो । ब्वाइज बास्केटबलमा रातो बंगला र एलआरआईले विजयी सुरुआत गरेका छन् । रातो बंगलाले जेम्सलाई २८–२३ ले पराजित गर्यो । रातो बंगलाको जितमा श्रेयान्स श्रेष्ठले ७ अंक योगदान गरे । सुजल मदई २१ अंक सहयोगमा एलआरआईले एलिक्सरलाई ३३–२१ ले हरायो ।

बुङमतीस्थित आयोजकको हलमा भइरहेको प्रतियोगिताको गल्र्स बास्केटबलमा पनि एलआरआईले जितका साथ यात्रा प्रारम्भ गरेको छ । एलआरआईले रातो बंगलामाथि १६–११ को जित दर्ता गरणयो ।

स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको गल्र्स फुटबलमा एभीएम र रातो बंगलाले १–१ गोलको बराबरी खेले । एभीएमकी आरोसी शर्मा र रातो बंगलाकी सान्भी शर्माले गोल गरे । ब्वाइज÷गल्र्स बास्केटबलमा समान ८–८ टिम सहभागी छन् ।

फुटबलको ब्वाइजमा ९ तथा गल्र्समा ७ टिम सहभागी छन् । गल्र्स फुटबल पहिलोपटक समावेश गरिएको हो । सन् १९७५ सालमा स्थापना भएको ज्ञानोदयले सन् १९९४ बाट ज्ञान कार्निभल आयोजना गर्न थालेको हो । यो प्रतियोगिता विद्यालयस्तरको पुरानो प्रतियोगिता मध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *