विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम विराटनगर किङ्सलाई एक्स्ट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।
शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजित एक समारोहबीच दुई पक्षबीच औपचारिक रूपमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ अघि बढेको विराटनगर किङ्सले पछिल्ला सिजनहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सकारात्मक छाप छाड्न सफल भएको छ ।
नयाँ सम्झौताअनुसार अब एक्स्ट्रिम इनर्जी ड्रिंक्स विराटनगर किङ्सको मुख्य प्रायोजकका रूपमा रहनेछ भने टोलीको जर्सी लगायतका विभिन्न प्रमुख स्थानहरूमा ब्रान्डको उपस्थिति रहनेछ ।
विराटनगर किङ्सका टिम डाइरेक्टर दिपेन्द्र चौधरीद्वारा जारी विज्ञप्तिमा यस सहकार्यले टोलीको व्यावसायिक तथा खेलकुद यात्रालाई थप मजवुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
