काठमाडौँ । राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीपको क्वाटरफाइनलमा पुग्न सफल भएका छन् । 

काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको चौथो दिन शनिबार राजनले आयुष गौतमलाई बेस्ट अफ सेभेनअन्तर्गतको खेलमा ४–० ले सजिलै पराजित गरे । यसअघि, उनले विकास महर्जनलाई ४–२ ले हराएका थिए ।

राजनसँग पराजित भएपछि विकासले शनिबार अमन कार्कीलाई ४–० ले हराएर अन्तिम आठमा पुग्ने आफ्नाे सम्भावना कायम राखेका छन् । यसैगरी पहिलो खेलमा हार वेहोरेका राजन लामाले पनि आफ्नाे दोस्रो खेलमा जय महर्जनलाई रोमाञ्चक ढङगले ४–३ ले हराएर शीर्ष आठमा पुग्ने सम्भावना जिवित राखे । जय र अमनले लगातार दोस्रो हार ब्यहाेरेका हुन् ।

यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ । प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *