नेपाल क्रिकेट संघ (क्यान) ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित भएकाहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  

क्यानका सचिव पारस खड्काद्वारा २०८३ भदौ १३ गते जारी प्रेस विज्ञप्ति अनुसार, उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने भएको छ ।

क्यानले विपद्का कारण प्रभावित बनेका परिवार तथा समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै यस कठिन घडीमा पीडित नागरिकहरूप्रति ऐक्यबद्धता जनाएको छ ।

साथै, विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्य गर्न संघ सदैव प्रतिबद्ध रहनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *